skip to Main Content
Jiba Lamichhane In TOUGH Talk With Dil Bhusan Pathak

आज मैले पाँचवटै महादेशका करिव सयबढि देश घुमफिर गर्नुभएका एक लेखकलाई टफटकमा निम्त्याएको छु । चितवनको पदमपुरमा एक समान्य परिवारमा जन्मिनु भएका गैर आवासीय नेपाली संघ एनआरएनएका अभियन्ता तथा पुर्व अध्यक्ष जीवा लामिछानको परिचय अब सफल व्यवसायी, समाजसेवी मात्र नभै लेखक पनि भएको छ । लन्डन पुरुषहरुको सहर हो, त्यहाँ बतासमै शक्ति आउँछ पेरिस महिलाको सहर हो, त्यहाँ सौन्दर्यको सुवास आउँछ भेनिस मीठा सपनाहरु, इतिहासको रोम सहर घुम्न रमाइलो संसार होला, बस्न राम्रो त आफ्नै घर । हेनरी भान डाइकको यो कवितापंक्ती जुगल भुर्तेलले जीवा लामिछानको पुस्तक सरसर्ति संसारका लागि अनुवाद गर्नुभएको हो । गत साता सार्वजनिक लामिछानेको पहिलो पुस्तक सरसर्ती संसारमा लेखकले ठोरीको जंगलमा स्याउला माथि रात कटाएको पीडादेखि दुवईको अत्याधिक सुविधासम्पन्न एट्लान्टिस दी पाममा रात बिताएको प्रसंगसम्म उल्लेख छन् । र लेखक जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ नेपाल खोज्नुहुन्छ । आफ्नो घर सम्झनु हुन्छ । पुल्चोक इन्जिनियारिङ कलेजबाट ओभरसियर उत्तिर्ण भएपछी सिभिल इन्जिनियारिङ अध्ययनका लागि छात्रवृत्तिमा तत्कालिन सोभियत संघको राजधानी मस्को स्थित स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियारिङ कलेजमा पुग्नुभयो । लामिछानेको जीवनमा मस्कोमा पुगेपछी यू– टर्न नै आयो । पढाई सके पछि व्यवसायमा हात हाल्नुभएका लामिछाने अहिले सफल व्यवसायी हुनुहुन्छ । आज मैले जीवा लामिछानेजीलाई उहाँको हालै प्रकाशित पुस्तक तथा आधा विश्व घुम्दाका अनुभवबारे कुराकानीका लागि स्टुडियोमा निम्त्याएको छु ।

Source Link: TOUGH talk with Dil Bhusan Pathak

Back To Top