skip to Main Content

गोएथे प्लाजामा उभिएर जन्म भूमीलाई हेर्दा

योहान वुल्फगांग फान गोएथे ।पहिलो पटक २०३९ सालमा सुनेको एउटा नाम । तर मैले पनि सायद गोएथे होइन, गेटे पढेँ, सुनेँ हुँला । नेपाली र अंग्रेजी भाषामा योहान वुल्फगांग फान गोएथे नाम कम प्रयोगमा आएको अनुभव गरेको छु । नेपाली…

बार्ले : एक सहरमा दुई देश

हामी यस्तो रेस्टुराँनजिक पुग्यौं, जसको बाहिर टेबलमा खाना खाइरहेका मानिस बेल्जियमतिर थिए भने किचेनको भाग नेदरल्यान्ड्समा थियो । खानेमान्छे एउटा देशमा बस्छ र बिल तिर्न अर्को देशमा पुग्छ । एक देशमा उभिइरहेको वेटर बोलाउने बित्तिकै अर्को देशमा आइपुग्छ । बूढापाकाहरू…

१९ अगस्ट : उ बेलाको सोभियत संघ र अहिलेको विश्व

आज १९ अगस्त । पूर्व सोभियत संघका कतिपय नागरिकहरु यो दिनलाई सोभियत संघको अवसान गराउने दुखद दिनको रुपमा अझै पनि सम्झने गर्छन् । यसै दिन सन् १९९१ मा तत्कालीन सोभियत उपराष्ट्रपति गेन्नाडी येनाएभले कम्युनिष्ट पार्टीका केही पोलिटब्युरो सदस्य, सैनिक नेतृत्व…

हामीले सिक्नु पर्ने जर्मनीको ‘गार्डन हाउस’ कल्चर

शहरको छेउछाउतिर झुपडी जस्ता ससाना कटेराहरु देख्दा सुरुमा त म छक्कै परेको थिएँ- जर्मनीमा समेत ‘स्ल्म एरिया’(झुपडी वस्ती) रहेछन भनेर । रसियन दाचा वा कन्ट्री हाउस जस्तै जर्मनीमा गार्डेन हाउस कल्चर (श्रेवरगार्डेन) यहाँका बासिन्दाहरुको जीवन यापनको एक पाटो रहेछ ।…

विस्मृत वानीरा

काठमाडौंको बानेश्वरबाट केही पूर्वतिर लाग्दा मीनभवन क्याम्पस जाने बाटो आइपुग्छ । हुन त यो पूरै क्षेत्र बानेश्वरमै पर्छ । तर राणाकालीन शक्तिकेन्द्रमध्ये मीनशमशेरको दरबार भएका कारण यो चोक चाहिँ पहिलेदेखि नै मीनभवन नै रह्यो । दरबारलाई कमर्स क्याम्पसमा परिवर्तन गरेर…

तपाईंको झैँ मेरो लकडाउन

हिजो राती मिचिमिची हात धोएर सुते पनि अहिले यो बिटुलो भइसकेको छ । आफ्नै हात यति छिटोछिटो फोहोर भइसकेको हुन्छ भन्ने यसअघि कहिल्यै याद गरेको थिइनँ । केही दिनअघि नेपाल म्यागजिनका सम्पादकले म्यासेज गर्नुभयो, ‘बाह्रखरीमा अन्तर्दृष्टि पुस्तकमाथि तपाईंको समीक्षा पढेँ ।’ ‘कस्तो…

जर्मनीमा कुँदिएको नेपाल–हिमालय मण्डप

दृश्यले भावना र भावनाले शब्द जन्माउँछ  । जसै हामी रेगेन्सबुर्ग सहर काटेर एउटा निजी वन क्षेत्रमा प्रवेश गर्‍र्यौ, ममा पनि कविमा झैँ भावुकता पलाउला भन्ने मैले सोचेकै थिइनँ  । नेपाल–हिमालय मण्डपभित्र प्रवेश गरेपछि जेजस्ता दृश्य आँखामा आएर बसे, मैले आफ्ना भावना रोक्नै…

बदलिँदो माक्र्सवादी चेहरा

अनुभूति हिंसात्मक आन्दोलन र त्यसले गरेको जनधनको क्षतिका सम्बन्धमा बाबुरामले पश्चात्ताप गर्नुपर्छ । क्षमाशील नेपाली जनताले अवश्य पनि क्षमा दिनेछन् । काठमाडौँ — एकताका एक जना मिथझैं पात्र थिए— बाबुराम भट्टराई । बाबुराम एसएलसीका बोर्ड फस्ट थिए, पढाइका इन्जिनियर थिए, राजनीतिका उम्दा पात्र…

वीरेन्द्र बियर खोज्दै…

परिचर्चा ‘खासमा म पुन: तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वीरेन्द्र बियर उत्पादन गर्नुको अर्थ कसैको मानमर्दन गर्नु होइन । सिजनल उत्पादनमार्फत ग्राहकलाई खुसी दिने मेरो लक्ष्य हो ।’ काठमाडौँ — राजा वीरेन्द्रका नाममा विज्ञापित एउटा बियर ब्रान्डले युरोपेली मुलुकदेखि नेपालका कुनाकानीसम्म समाचार फैलाउने…

रहस्यमयी द्वीपको रोमाञ्चक यात्रा

घुमघाम काठमाडौं — पूर्वीय मान्यताअनुसार पृथ्वी र यसका सम्पूर्ण प्राकृतिक स्रोत स्त्री स्वरूपमा पूजनीय छन् । यही कारण नदी, जंगल, झरना र समुद्रले जब सौन्दर्यका सम्पूर्ण किरण एकसाथ फैलाउँछन्, मलाई सानैदेखि सुन्दै आएका साक्षात अप्सरा धर्तीमा अवतरित भएझैं लाग्छ । त्यो सौन्दर्यमा…

Back To Top